लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत र प्रथम उपाध्यक्षमा दिनेश बोहरा चयन


अत्तरिया : लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत चयन भएका छन । बुधबार बसेको क्लबको बैठकले कडायतलाई वर्ष २०२२/०२३ का लागी अध्यक्षमा चयन गरेको हो ।
वर्ष २०२२/०२३ का लागी क्लबको प्रथम उपाध्यक्षमा दिनेश बोहरा, द्धितिय उपाध्यक्षमा रवि खनाल र तृतिय उपाध्यक्षमा तेज खड्कालाई चयन गरेको हो ।

यस्तै क्लबको सचिवमा धर्म देव नौन्याल चयन भएका छन भने कोषाध्यक्षमा धन बहादुर बोगटी चयन भएका छन । बैठकले विर बहादुर कडायत, तिर्थराज ओझा, खेमराज जोशी र हरि भट्टराइलाई क्लबको विभिन्न कार्यको जिम्मेवारी दिने गरी सदस्य तोकेको छ ।

बुधबार एक औपचारीक कार्यक्रमका बिच वर्ष २०२१/०२२ का अध्यक्ष योगेन्द्र हमालले नवनिर्वाचित अध्यक्ष कमल कडायतलाई पद हस्तान्तरण गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0