कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

0
183

अत्तरिया : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति पुर्नवास नगरपालिका–११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए। त्यसपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लग्दा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here