आज स्रावण अठार गते अभियान लघुवित्तको आईपीओ खुल्दै


काठमाडौं – शेयर बजारका साना लगानीकर्ताका लागि आजबाट एक राम्रो आइपीओ खुल्दै छ । साउन १८ अर्थात बुधबारदेखि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्न लागेको हो ।

यस आइपीओमा प्रतिशेयर १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी हुन लागेको हो ।
जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । यस आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै २२ गतेसम्ममा मागजति आवेदन नपरे १ गतेसम्म आवेदन दिन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0