डडेल्धुरामा उपप्रमुखका छोराद्वारा दलित महिलामाथि दुर्व्यवहार गरेको आरोप मा, प्रहरी टोली खोजी गर्दै

0
54

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकालका छोरा ‘रब्बा’ भनेर चिनिने रविन्द्र झुकाललाई प्रहरीले खोजीरहेको छ।

आइतबार अमरगढी नगरपालिका–७ पोखरा बजारबाट डडेल्धुरा अस्पताल जाँदै गरेकी स्थानीय बिना विकमाथि उनले दुर्व्यवहार गरेका थिए। उक्त घटनापछि रब्बाविरुद्ध बिनाका श्रीमानले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दिएका थिए।

सोही निवेदनपछि प्रहरीले रब्बाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। ‘उनीविरुद्ध दुर्व्यवहार गरेको भन्दै निवेदन परेको छ। प्रहरीले खोजी गरिरहेको छ’ उनले भने।

आइतबार छोराको उपचारका लागि से१ज २०३ नम्बरको जीप चढेर डडेल्धुरा अस्पताल जाँदै गर्दा मापसे गरेका रब्बा झुकालले बिना बिकको शरीरमा छुन खोजेका थिए। तर, महिलाले प्रतिकार गर्न खोज्दा झुकालले हातपात गरी बिकलाई घाइते बनाएको श्रीमान बिरेन्द्र ताम्राकारले बताएका छन्। अहिले रब्बा काठमाडौंमा रहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here