बैतडीमा कोरोना भाइरस का कारण १४ जना सक्रिय संक्रमित


अत्तरिया: बैतडीमा कोरोना भाइरसका १४ जना सक्रिय संक्रमित रहेका छन्। जिल्लाका ५ ओटा स्थानीय तहमा सक्रिय संक्रमित रहेका हुन्।

स्वास्थ्य कार्यालय  बैतडीका अनुसार दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिका, सुर्नया, सिगास र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका छन्। अन्य ४ जना जिल्ला बाहिरका सक्रिय संक्रमित पनि रहेका छन्। दुई साता पहिले कोरोनाका सक्रिय संक्रमित शून्य रहेको बैतडीमा पछिल्लो समय भने बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताएका छन् ।

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा भारतबाट फर्कने नागरिकको नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0