एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भन्छन, गठबन्धनले घाटा लाग्यो

0
211

अत्तरिया ः – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’ उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।

अबको संघरप्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here