धनगढी पुगेर एमाले उपाध्यक्ष ज्ञवालीले भने– अदालतले सरकार तोक्नु खतरनाक !


अत्तरिया ः नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले सर्वोच्च अदालतले सरकार तथा प्रधानमन्त्री तोक्नु खतरनाक भएको बताएका छन्। प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सर्वोच्च अदालतले जुन परमादेशको आधारमा सरकार तोक्ने काम गरेको छ। यो लोकतन्त्र विरोधी प्रवृत्ति हो। जनताद्वारा चुनिएको एमालेको सरकारलाई अपदस्थ गरेर अदालतले लोकतन्त्र कमजोर हुने काम गरेको छ।’
यस्तै उनले अहिलेको गठबन्धन सरकारले निर्वाचन मिति घोषणा नगरेकोमा आपत्ति जनाएका छन्। सरकारले चुनाव सार्न खोजेको हल्लाहरु चलिरहेको भन्दै नेकपा एमाले चाँडो चुनाव घोषणा होस् भन्ने पक्षमा रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0