दार्चुलामा पहिरोले सडक अवरुद्ध


अत्तरिया: दार्चुलामा पहिरोले सडक अवरुद्ध भएको छ। बिहीबार राति देखिको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्लाको महाकाली नगरपालिका-७ धापमा पहिरो जाँदा शुक्रबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको र केहीबेरमै सडक सुचारु हुने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0