बलात्कार आरोपमा जेठाजुविरुद्ध उजुरी


सिरहा: सिरहामा बलात्कार को आरोपमा एक महिलाले आफ्नै जेठाजुविरुद्ध उजुरी दिएकी छिन्। गोलबजार नगरपालिकामा २० वर्षीया महिलामाथि ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको हो ।

घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरिएको बताइएको छ। घटना गाउँमै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेका प्रहरीसँगै आएकी ती महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ। आरोपित जेठाजु फरार रहेका र उनको खोजतलास भइरहेको प्रहरीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0