अत्तरिया – वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।
उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् ।