कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बस पल्टिँदा आगलागी, ३१ जना घाइते


अत्तरिया ःकञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बसमा आगलागी भएको छ। बुधबार बिहान ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिँदा आगलागी भएको हो।

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0