देउवासँग चुनाब लड्ने तयारी मा सुदुरपश्चिम आउदै सागर

0
135

 

अत्तरयिा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीमा लागेका छन्। उनी सोमबार चुनावको तयारीका लागि डडेल्धुरा आउन लागेका हुन्। डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो।

‘हामीले सकेको भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौं। हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौं। ठूल्ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्णरुपमा छोडेर चौपारी वा सडकमा, पानीसँगै रुझेर, बसेर आमाबुवा, छोराछोरी र साथीहरूसँग भलाकुसारि गर्नेछौं।’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले चुनावका लागि घोषणापत्र नभई कार्यान्वयन पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

‘सिंगापुर र चीनजस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २/३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।’ उनले लेखेका छन्, ‘हामी असामान्य हुनेछैनौ। सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउँको जोसुकै व्यक्ति डेलिभरी गर्न सक्छ भने ऊ राजनीतिमा आउने आँट गरोस्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here