जनार्दन शर्मामाथि छानबिन: समितिले बोलायो प्रहरी प्रयोगशालाका विज्ञ


बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने भएको छ।

प्रयोगशालाबाट प्राप्त विवरण प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति विधि विज्ञान प्रयोगशालाका विज्ञलाई बोलाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।‘प्रहरीको प्रयोगशालाबाट प्राप्त विवरण निकै प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति हामीले विज्ञहरुसँगै छलफल गर्न लागेका हौँ,’ उनले भने समितिको बैठक दिउँसो चार बजे बोलाइएको छ। बिहान ८ बजेको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरण खोलिएको थियो।प्रयोगशालाले सोमबार समितिलाई अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारेको विवरण शिलबन्दी गरेर पठाएको थियो।

अर्थमन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्रै रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने नसकिने निर्क्यौलका निम्ति समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहायता लिएको हो।

nic
तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ।

यस आरोपबारे छानबिनका निम्ति असार २२ मा संसदीय छानबिन विशेष समिति गठन भएको थियो। समितिले असार ५ मा शर्मासँग बयान लिँदा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको आरोपलाई उनले अस्वीकार गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0