दार्चुलामा विद्युतीय राहदानी ई पासपोर्ट सेवा फेरी अवरुद्ध


दार्चुला : दार्चुलामा ई पासपोर्ट सेवा फेरी अवरुद्ध भएको छ। दार्चुलामा गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी (ई पासपोर्ट) सेवा नेटवर्क डाउन हुँदा रोकिएको हो। विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो ।

उक्त नेटवर्कमा प्राविधिक समस्या आएपछि ५ दिनदेखि सेवा अवरुद्ध भएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले सुचना निकालेको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) सेवा गत महिना पनि सेवा अवरुद्ध भएको थियो । अवरुद्ध सेवा सुचारुको लागि पहल भईरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0