निर्मला हत्याको चार वर्ष पूरा, दोषीसम्म पुगेन प्रहरी

0
15

अत्तरिया: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पूरा भएको छ। तर पन्तको हत्या प्रकरणमा प्रहरीले अझै पर्दा उघार्न सकेको छैन।

भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो।

निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here