अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


अत्तरिया : अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।

 

 

 

मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0