एसएसपी विष्टले सम्हाले अञ्चल प्रहरी कार्यालय नेपालगन्जको जिम्मेबारी


 हेमन्त अबस्थी/अत्तरिया : बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टलाई अञ्चल प्रहरी कार्यालय नेपालगन्जको प्रहरी प्रमुखको जिम्मेबारी पाईएको छ । केहिदिन अघिमात्रै एसएसपीमा बढुवा भएका विष्टको नेपाल प्रहरी प्रदेश कार्यालय(संघीय प्रहरी इकाई कार्यालय)ले अञ्चल प्रहरी कार्यालय नेपालगन्जको प्रमुखको जिम्मेबारी दिएको हो ।

पहिले अञ्चल प्रहरी कार्यालय भनिन्थ्यो, त्यसपछि संघीय प्रहरी इकाई कार्यालय भनिन्थ्यो, अहिले त्यसलाई नेपाल प्रहरी प्रदेश कार्यालय भनिदै आएको छ । बढुवा भएसंगै एसएसपी विष्टको नेपालगन्ज संघीय प्रहरी इकाई कार्यालयमा पदस्थापना भएको हो । ०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट ०७२ सालमा एसपी र ०७९ सालमा एसएसपीमा बढुवा भएका थिए। बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु २०५३ सालमा र २०५४ सालमा सेवा प्रवेश गरको र २०७४ सालमा एसपीमा वढुवा भएका हुन्।

इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् । एसएसपी विष्ट इन्सेपक्टर र डिएसपी हुदा सबैभन्दा चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि विभिन्न क्षेत्रबाट पुरस्कृत समेत भएका विष्ट देशमा विभिन्न समयमा आएको अशान्ती, आन्दोलन, जनयुद्धका बेला चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0