अब हामी माझ रहेनन दुर्गालक्ष्मी वहुमुखी क्याम्पसका उप प्राध्यापक पाल


अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसका उप प्राध्यापक मान बहादुर पालको निधन भएको छ । मस्तिष्क घात भई धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत पालको बिहिबार साँझ उपचारकै क्रममा निधन भएको हो ।

उप प्राध्यापक पाललाई मस्तिष्कघात भएपछि असार २७ गते निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । पालको ५० बर्षको उमेरमा निधन भएको हो । उनी बिगत १३ बर्षदेखि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका थिए ।
उप प्राध्यापक पाल सुदुरपश्चिम विश्वविध्यालय प्राध्यापक संघको केन्द्रीय सदस्य समेत रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0