कञ्चनपुरमा नदीमा हाम फालेकी महिलाको उद्दार

0
15

धनगढी: कञ्चनपुरमा नदीमा हाम फालेकी महिलाको उद्दार गरिएको छ। जिल्लाको वाणीस्थित मछेली नदीमा हाम फालेकी महिलाको उद्दार गरिएको हो। कृष्णपुर नगरपालिका ५ गुलरियाकी २५ वर्षीया लक्ष्मी जोशीले घरमा श्रीमानले तनाव दिएको भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय वाणीले बताएको छ।

उनको उद्दार अचेत अवस्थामा गरिएको र अहिले उपचारका लागि वाणीस्थित अस्पतालमा लगिएको बताइएको छ। उनी केही दिन अघि श्रीमानले रक्सी पिएर तनाव दिने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले उनका श्रीमानलाई सुधार केन्द्रमा पुर्याउन सहजिकरण गरेको बताएको छ। उनको दिमागमा तेही तनावको असर रहेका कारण नदीमा हाम फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय वाणीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here