आज साउनको पहिलो सोमबार, शिवालयमा पुजाआजा गरिदैं


अत्तरिया – आज साउन महिनाको पहिलो सोमबार । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ । आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ । यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते गरे ५ वटा सोमबार परेको छ ।

साउन सोमबारका अवसरमा कैलालीको गोदावरी धाममा पनि बिहानै देखि पुजाआजा भईरहेको छ । यस्तै अत्तरियामा रहेको शिव मन्दिरमा पनि ब्रत बसेका महिलाहरु पुजाआजा गर्न बिहानै देखि मन्दिरमा पुगेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0