बलात्कारका घटनामा राहत विभेद ! घटना उस्तै, तर राहत सहयोग फरक किन ?


काठमाडौं – सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई सात नम्बर प्रदेश सरकारले राहत स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय गर्‍याे ।

केन्द्र सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेकै भोलिपल्ट प्रदेश सरकारले माया र निर्मला दुवैलाई पाँच/पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
केन्द्र सरकारले माया विकको परिवारलाई भने कुनै राहत दिने निर्णय गरेन ।

यस्तै कञ्चनपुरकै कृष्णपुर नगरपालिका ८ की कविताको विष्टको परिवारलाई पनि केन्द्र र प्रदेश दुवै सरकारले अहिलेसम्म कुनै पनि राहत उपलब्ध गराएको छैन ।

विष्टको गएको असार ३२ गते लालझाडी गाउँपालिका ५ को जंगलमा शव फेला परेको थियो । असार २६ गतेदेखि हराइरहेकी विष्टको लालझाडी जंगलको आमखैया नजिकै बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

माथिका तीनवटै घटना एकै प्रकृतिका हुन् । सबैको बलात्कारपछि हत्या भएको छ । तर उस्तै प्रकृतिका घटनामा सरकारले दिने राहतमा भने विभेद गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0