कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट युवती घाइते


कञ्चनपुर/ कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ वनगाउँ चौराहामा साइकलमा यात्रा गरिरहेकी युवतीलाई सुपप्र ०२ ००३ प ९८२४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी  भीमदत्त- ६ की २५ वर्षीया कुसुम अवस्थीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मोटरसाइकल चालक भीमदत्त-१७ का १७ वर्षीय भैरव जोशीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0