गर्मी मौषममा ज्येष्ठ नागरिकलाई शितल जल वितरण गर्दै मल्सीमिका विद्यार्थी


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको मल्सिमि एकेडेमीका विद्यार्थीहरुले ज्येष्ठ नागरिकहरुलाई शितल जल वितरण गरेका छन ।

शुक्रबार विद्यालय अगाडी धनगढीरोडमा बसेर विद्यार्थीहरुले सडकमा हिडिरहेका ज्येष्ठ नागरिकहरुलाई शितल जल वितरण गरेका हुन ।

सेवा नै धर्म हो भन्ने तथ्यलाई मध्यनजर गर्दै विद्यार्थीहरुमा नैतिकता र समाजप्रति उत्तरदायी भावना प्रस्फुटन गर्न उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक धर्मदेव नौन्यालले बताए ।

उनले विद्यार्थीहरुको नियमित कार्यक्रम अन्र्तगत शुक्रबार शितल जल वितरणको कार्यक्रम गरिएको बताए । उनका अनुसार विद्यार्थीहरुलाई विद्यालयले प्रत्येक शुक्रबार सामाजिक उत्तरदायीत्व बहन हुन खालका कार्यक्रमहरु गराउने गर्दछ ।

‘विद्यार्थीहरुले प्रत्येक शुक्रबार केही न केही सामाजिक कार्य नियमित गर्दछन’ उनले भने ‘गर्मीको मौषम भएको र अत्तरियामा गर्मी बढेकाले यसपटक शितल जल खुवाउने कार्यक्रम भएको हो ।’ उनले यस्तो कार्यले विद्यार्थीहरुलाई समाजप्रतिको जिम्मेवारी महसुस हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0