भारतबाट ल्याउँदै गरेको ५० क्विन्टल मल पुनर्वासबाट बरामद


कञ्चनपुर – अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरको १ सय बोरा मल पुनरबासबाट बरामद गरिएको छ । पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले से २ त २३७० नम्बरको ट्याक्टमा ल्याउँदै गरेको अवस्थामा उक्त मल बरामद गरेको जनाइएको छ ।

भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले भनाइ छ । एक लाख ५० हजार मूल्य बराबरको मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0