गड्डाचौकी नाकामा पर्यटक सहायता कक्ष तथा ट्राफिक पोष्ट स्थापना

0
113

कञ्चनपुर- नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ। पश्चिमी नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एव ट्राफिक पोष्ट स्थापना गरेको छ। प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीको पर्यटन सहायता कक्षको उद्घाटन गर्दैै पश्चिमी नाका गड्डाचौकी पर्यटनका लागि सम्भावित नाका भएकाले बताए। मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले थुप्रै योजना ल्याएको बताउदै उनले गड्डाचौकी हुँदै उत्तर महाकाली कोरिडोर निर्माण गरेर उत्तरमा चिन र दक्षिणमा भारतसंग जोड्नका लागि गन्तव्य विस्तारमा जोड दिए। मन्त्री धामीले प्रदेशको पर्यटन विकासका लागि आफ्नो तर्फबाट थुप्रै कामकाज योजना अघि बढाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here