बाजुराका ४ बालबालिका भारतमा अलपत्र

0
76

बाजुरा- बाजुराका ४ बालबालिका भारतमा अलपत्र परेका छन्। बडीमालिका नगरपालिका–७ का उनीहरु सिम्लामा अलपत्र परेका हुन्। उनीहरुको आमाको ४ वर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो।

त्यसपछि उनीहरुका बुवा हरिभान चदाराको मृर्गौलामा समस्या आएको थियो। काठमाडांैमा उपचार हुन नसकेपछि उनी चारै छोराछोरी बोकेर भारतको सिम्ला पुगेका थिए। स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर पुगेका उनको त्यहिँ मृत्यु भएको थियो।

बुवाको मृत्युपछि छोराछोरी सिम्लामै अलपत्र परेको छिमेकी भानुभक्त जैशीले बताएका छन्। उनीहरु घर आउन चाहेर पनि आर्थिक अवस्थाका कारण आउन नसकेको जैशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here