दिमागमा असर गर्ने भिडियो अब बच्चाहरूले टिकटकमा हेर्न नपाउने


१३ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले अब टिकटकमा केही भिडियो हेर्न नपाउने भएका छन् । बच्चाहरूको अनलाइन सुरक्षाका लागि भन्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको हो ।

कम्पनीले यस फिचरको नाम कन्टेन्ट लेभल दिएको छ । यो फिचर आउँदो हप्तामा रोल आउट हुनेछ । यस फिचरले बच्चाहरूको फिडबाट परिपक्व थिम भएको कन्टेन्टहरु हटाउने छ ।

साना बच्चाहरुको दिमागमा असर गर्ने झगडा, डरलाग्दो र अरु एकदमै तीव्र किसिमको दृश्य भएका भिडियोहरु प्रतिबन्धित हुने छन् । यो फिचर अहिले सुरुवाती चरणमा रहेकाले कम्पनीले यसमा विभिन्न परिमार्जन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0