गोदावरी – ४ बास्कोटामा अलपत्र अवस्थामा रहेकी एक महिला फेला


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा अलपत्र अवस्थामा रहेकी एक महिला फेला परेकी छन ।

वडाको बास्कोटा जंगलको किनारमा सानो छोरी सहित बाजुराको बाँधु गाविस – ३ मा स्थायी घर भएकी सरिता सार्की फेला परेकी हुन ।

नागरिकता अनुसार मुगुको श्रीकोट गाविस – ८ मा जन्म भएकी उनलाई स्थानियहरुले फेला पारेको वडा नं। ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताए ।

अहिले उनलाई बास्कोटामै रहेको शहरि स्वास्थ्य केन्द्रमा राखिएको र उनको मानसिक अवस्था ठिक नभएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0