सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त


धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन्। उनले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेको बताएका छन्।

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए। कांग्रेसले पार्टी विधान विपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो। सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0