सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष २०७९/८० का लागि पेश गरेको बजेट अन्ततः पारित भएको छ । सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए ।

बजेट बारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८स्४५ बजे बसेको बैठकले ९ः ९ मिनेटमा बजेट पारित गरेको हो । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा चल्न सकेको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0