एभरेष्ट एकेडेमी अत्तरियाको आयोजनामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम सम्पन्न


अत्तरिया / कैलालीको अत्तरियामा संसदिय पद्धतिमा आधारित बहस कार्यक्रम “गोदावरी बहस” को सम्पन्न भएको छ ।

अत्तरियामा रहेको एभरेष्ट एकेडेमी र यार्ड संस्थाले संसदिय पद्धतिमा आधारित बहस कार्यक्रमको आयोजना गरेको हो । सोमबार अत्तरिया स्थीत नमस्ते पार्टी ल्यालेसको हलमा करिब ३०० जना विधार्थीको उपस्थीती तथा ८ जना विधार्थीको सहभागीतामा उत्तm वहस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय विधार्थीहरुले संसदिय पद्धतिमा आधारित बहसको अभ्यास गरेका थिए ।

सरकारले निजी तथा सरकारी विधालयमा गर्दै आएको व्यवहारका बारेमा सरकार पक्ष तथा प्रतिपक्षको भुमीकामा बसी उनीहरुले बहस गरेका हुन् । सरकार पक्षले सरकारले निजी तथा सरकारी विधालयमा कुनैपनी किसीमको विभेद नगरेको जिकिर गरेका थिए भने प्रतिपक्षको भुमीकामा रहेका विधार्थीले त्यसको खण्डन गर्दै सरकारले निजी तथा सरकारी विधालयमा थुप्रै किसीमका विभेद गर्दै आएको बताएका थिए ।

सरकारका पक्षबाट प्रधानमन्त्री,उपप्रधानमन्त्री,सचेतक र सदस्य को भुमीकामा चार जना विधार्थी रहेका थिए भने प्रतिपक्षको भुमीकामा पनी प्रमुख नेता,उपनेता,सचेतक र सदस्य गरी चार जना विधार्थी सहभागी भएका थिए । कार्यक्रममा गोदावरी ८ मा रहेको समैजी मा वी, ३ मा रहेको खप्तड एकेडेमी,कञ्चनपुरको बेलौरीको विधालयका विधार्थीको समेत उपस्थीती रहेको थियो ।

त्यसैगरी गोदावरी नगरपालीकाका शिक्षा शाखा अधिकृत पर्यागराज जोशी,प्राविधीक सहायक विष्णुराज अवस्थी,प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा,गोदावरी नगर अध्यक्ष श्याम खत्री,प्लानेट भिटीका संचालक पुष्कर शर्मा जोशी लगायत विभिन्न क्षेत्रमा आवद्ध थुप्रै व्यत्तिmहरुको सहभागीता रहेको थियो ।

एभरेष्ट एकेडेमीका प्रिन्सीपल स्माइल बन्सीले विधार्थीको अतिरित्तm क्षमता वृद्धी गर्ने उदेश्यले उत्तm कार्यक्रमको आयोजना गरेको बताएका छन् । उत्तm कार्यक्रममा प्राविधीक समुन्वय गोदावरी नगरपालीकाले गरेको एभरेष्ट एकेडेमीका प्रिन्सीपल स्माइल बन्सीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0