बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी


बाजुरा – बाजुरास् बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएको छन्। नगर प्रमुखमा रामबहादुर बानिया र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका हुन्।

बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए। त्यस्तै, उपप्रमुखमा कुवँरले ४ हजार ७२७ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्। मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा काँग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै वडा नम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0