शनिबार तालिमका क्रममा बेहोस भएका एक जना प्रहरी प्रशिक्षार्थी जवानको मृत्यु


अत्तरिया : दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ। अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो। उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए।

उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो। कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ। मृत्युको कारण नखुलेको र पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0