गेटा मेडिकल कलेज अध्ययनको संसदीय टोली कैलाली पुग्यो


अत्तरिया / गेटा मेडिकल कलेजको अध्ययन अनुगमन तथा अन्तर्किया को लागि आएको संसदिय टोली कैलालीको अत्तरिया पुगेको छ । संसद को प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ समितिले अध्यन को लागि एमाले सांसद योगेश भट्टराई को नेतृत्व मा १० जना को टोली पठाएको हो ।

समितिका सदस्यहरुलाई गोदावरी नगरपालिका का मेयर बिरेन्द्र भट्टले बिमानस्थल मा स्वागत गरेका छन् । केहीबेर मा टोलि गेटा कलेज जाने छ । त्यसपछि अत्तरिया मा बृहत अन्तक्रिर्या गर्ने टोलि मा सहभागी एमाले सांसद नारदमुनी राना ले बताए । भौतिक संरचना सप्पन्न भएर पनि मेडिकल कलेज अझै संचालन हुन सकेको छैन । स्थानीय ले छिटो मेडिकल कलेज संचालन हुनुपर्ने माग गर्दै बिगत देखि दबाब दिँदै आएका छन् भने हाल सम्म त्यस सम्वन्धी कुनै सुरसारनै देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0