हेमन्त अबस्थी /अत्तरिया
मोहना अत्तरिया ६ लेन सडकको अत्तरिया चौराहा देखि एयरपोर्ट सम्म मिडियन खण्डमा संरक्षण सहित वृहत वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । वर्षात संगै शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम एक समारोहका विच अत्तरिया चौराहा धनगढी रोडमा शुभारम्भ भएको छ ।
प्लानेट ग्रिन नेपाल र एभरेष्ट एकेडेमिको आयोजना र गोदावरी नगरपालिकोको संरक्षण तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा गरिएको उक्त कार्यक्रम अन्तरगत करिब ९ सय विरुवा संरक्षण सहित रोपिने संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले वताएका हुन् । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले गोदावरीलाई क्लिन सिटी, ग्रीन सिटी बनाउने भन्ने अवधारणाका साथ आगाडी बढेको बताए ।
‘सोही अवधारणालाई साथ दिने गरी आजबाट काम सुरु भएको छ’ उनले भने ‘सडकमा मात्रै नभएर पुरै गोदावरी नगरपालिकालाई हरियाली बनाउन घर घरमा विरुवा रोप्ने काम पनि अगाडी बढाइने छ ।’
प्लानेट ग्रिन नेपाल संस्थाका संस्थापक अध्यक्ष पुस्कर शर्मा जोशीले उक्त कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रमको आजवाट विधिवतरुपले सुभारम्भ भएको र, आगामी दिनमा लगातार संरक्षण सहित वृक्षारोपण गर्ने कार्य अगाडी बढ्ने बताए । अध्यक्ष शर्माले यस संरक्षण सहितको वृक्षारोपणका लागि यहाँरहेका विभिन्न संघ सस्थाहरु संग समन्वय गरेर अगाडी बढीरहेको र भाविदिनहरुमा पनि यसैगरी अघि बढिरहने बताए ।
अध्यक्ष शर्माले ६ लेन सडकको बिच भागमा(मिडियनमा) बिरुवा रोपेर करिब ४ बर्ष सम्म संरक्षण गर्ने जिम्मा समेत लिइने बताए । कार्यक्रम अन्तरगत क्रोटन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो, कामीनी लगाएतका विभिन्न फुलका बिरुवा रोपिने समेत वताएका छन ।
यसै बिच कार्यक्रममा संस्थाले नगरपालिका संग समन्वय तथा सहकार्यमा यस महान अभियानलाई संरक्षण गर्दै स्वच्छ तथा हरियाली गोदावरी अभियान निरन्तर चलाईरहने अध्यक्ष शर्माले बताएका हुन् ।साथै यो संरक्षण सहितको वृहत वृक्षारोपण कार्यक्रम यसक्षेत्रमा मात्रै सिमित नरहि देशव्यापी रुपमा लगिने समेत वताए । कार्यक्रममा धनगढी र अत्तरियामा शिक्षक तथा विद्यार्थीहरु ,सुरक्षा निकायका प्रमुख हरु तथा विभिन्न संघसंस्थाका व्यक्तीहरुको उपस्थीति रहेको थियो भने कार्यक्रम प्लानेट ग्रीन नेपालका सचिव हेमराज अवस्थीले संचालन गरेका थिए ।