प्लानेट ग्रीन नेपाल संस्थाको पहलमा मोहनापुल–अत्तरिया सडकमा असार २५ गतेदेखि संरक्षण सहित बृक्षारोपण गरिदै

0
147

 हेमन्त अबस्थी /अत्तरिया : आज अत्तरियाको दुर्गा मन्दिरको प्राङ्गणमा शिक्षाबिद्ध जगबिर थापा को अध्यक्षतामा बसेको सर्बपक्षिय आम भेला बाट प्लानेट ग्रीन नेपाल तथा गोरखधुना संरक्षण समितीका अध्यक्ष पुष्कर शर्मा जोशी को संयोजकत्वमा मोहनापुल–अत्तरिया सडकको मेडियनमा फूल तथा आलङकारिक बिरुवाहरुको संरक्षण सहित वृक्षारोपण गरिने भएको छ ।
अत्तरिया चौक देखि मोहनापुल–अत्तरिया सडक खन्डमा मोहनापुल–अत्तरिया सडकखण्ड संग दोहोरो सम्झौता गर्ने तथा प्र जि अ को बैठक बाट तोकिएका मापदन्ड अनुरुपको हरित गोदावरी को परिकल्पना अनुरुप को संरक्षण सहित बृक्षारोपण असार २५ गते समुध्घाटन गरिने उक्त संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले सम्पन्न भेलामा वताएका छन । उक्त आमभेलामा यस क्षेत्रका शिक्षाविद्ध,समाजसेवी,पत्रकार तथा थुप्रै स्थानीय बुद्धीजिवी तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो । यो वृक्षारोपण कार्यमा गोदावरी नगरपालीका संग सहकार्य गर्दै प्लानेट गी्रन नेपाल संस्थाले वृक्षारोपण कार्य यथासिघ्र अगाढी बढाउने समेत उक्त संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले वताएका हुन । भने यस कार्यमा धनगढी तथा अत्तरियामा रहेका विभिन्न निजि तथा थुप्रै संघसंस्थाहरु ,देशविदेशमा रहेका थुप्रै व्यक्तीत्वहरुले समेत प्रायोजक वनेर सहयोग गर्ने वताउदै आएको शर्माले वताए ।
सोही दिन गोदावरी स्थित गोरखपिठ,गोरखधुना क्षेत्र तथा गोदावरी का विभिन्न स्थानमा हरित गोदावरी को परिकल्पना अनुरुप संरक्षण सहितको बृक्षारोपण कार्य अघिबढ्ने यसै संस्थाका उपाध्यक्ष सुरत बहादुर मडैले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here