अछामका वडाअध्यक्ष पदम बहादुर बिसीले रोपे आफूले पाएको मत भन्दा दोब्बर बिरुवा


अछाम : का एक वडाध्यक्षले पर्यावरणीय संरक्षणका लागि एक रचनात्मक कार्य गरेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ का वडाध्यक्ष पदम बहाखुर बिसीले आफूले पाएको मतको दोब्बर सङ्ख्यामा बिरुवा रोपेका हुन् । बर्षात् सुरु भएको र राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भ पारेर उनले वडाका विभिन्न सार्वजनिक स्थानमा २ हजार १३० ओटा बिरुवा रोपेका हुन् ।

मतदाताको सम्मानसँगै ‘हरियाली तुर्माखाँद’अभियान अन्तर्गत वृक्षारोपण गरिएको वडाध्यक्ष बिसीले जानकारी दिए । ‍

वडाध्यक्ष बिसीले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १०२८ मत पाएका थिए । उनले विद्यालय, स्वास्थ्यचौकी, हुलाक कार्यालयजस्ता सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरेका छन् ।उनले पदभार ग्रहण गरेपछि पहिलो बैठकबाट मतदाताको सम्मान स्वरूप वृक्षारोपण दिवसमा १०२८ ओटा बिरुवा रोप्ने निर्णय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0