कर्मचारीलाई लुटने र पिटने कार सहित तीनैजना पक्राउ गर्न नेपाल प्रहरी सफल

0
158

अत्तरिया: डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनै जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारेमा आलितालका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताएका छन।

उनीहरूलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

यसअघि भण्डारीको कार गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको थियो। सोमबार दिउँसो १ बजे गोदावरी नगरपालिका–४ स्थित गाइमारेमा कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ३७ वर्षीय भण्डारी बाधिँएको अवस्थामा भेटिएका थिए।

उनले चलाइरहेको सिल्भर रंगको सुजुकी कारलाई भीमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी सवार तीनजना भारतीयले चालकलाई फोटो खिच्ने बाहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट गरी आफूले प्रयोग गरेको कपडाले हातखुट्टा र मुख बाँधेर छाडेका थिए।

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैयासमेत लुटेर लगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here