गन्यापधुरा गाउंपालिकाले ल्यायो ३८ करोड ३ लाख २८ हजारको बजेट


हेमन्त अवस्थी / डडेल्धुरा: प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउंँपालिका डडेल्धुराले ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ ।

गन्यापधुराले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० का लागि पालिकाको १४औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत् सो बजेट पेस गरिएको हो।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गन्यापधुराले ३ करोडभन्दा बढी बजेट वृद्धि गरेर ल्याएको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु देउवाले बजेट प्रस्तुत गरेकी हुन्। उनले गाउँपालिकाको ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेकी छन्। जसमा चालुतर्फ २६ करोड ४५ लाख २९ हजार र पूँजीगततर्फ ११ करोड ५५ लाख ९८ हजार विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा गन्यापधुराको कूल बजेट ३४ करोड ५१ लाख २७ हजार रहेको थियो । जसमा चालुतर्फ २४ करोड ९४ लाख ३८ हजार र पूँजीगततर्फ ९ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

गाउंपालिकाले पुराना कामको निरन्तरता दिंदै आगामी कार्यक्रममा कृर्षि, शिक्षा, स्वास्थ्य,सडक, पुर्वाधार, लगाएतका बिषय लाई प्राथमिकता दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0