नबदुर्गा गाउंपालिकाले ल्यायो ४३ करोड ४६लाख बजेट

0
138

 

हेमन्त अबस्थी /डडेल्धुरा : डडेल्धुराको नबदुर्गा गाउंपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागी रु ४३ करोड ४६ लाख ६ हजार ८ सय ८ को बजेट गाउंसभा मार्फत प्रस्तुत गरेको छ। शुक्रबार गाउंपालिका उपाध्यक्ष निर्मला बिष्टले बजेट प्रस्तुत गरेकि थिईन।

पालिकाले चालु तर्फ रु ३१ करोड ५२ लाख ४७ हजार ५ सय र पुजिंतर्फ रु ११ करोड ९३ लाख ५९ हजार ३सय ८ बजेट प्रस्तुत गरेको छ।

पालिकाले दोस्रो गाउँसभाको पहिलो बैठक मार्फत उक्त बजेट प्रस्तुत गरेको हो। सुक्रबार पालिकाको निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले प्रस्तुत गरेका थिए।

निति तथा कार्यक्रममा पुर्वाधार बिकास, कृर्षि, स्वास्थ्य, शिक्षा ,पर्यावरण लगाएतका बिषय हरु प्राथमिकतामा राखिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here