डडेल्धुराका सातै पालिकाले ल्याए बजेट, यस्तो छ सवै तहको बजेटको आकार


डडेल्धुराः डडेल्धुराका सातवटै स्थानीय तहले बजेट ल्याएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका हुन्।

सबैभन्दा ठूलो बजेट जिल्ला भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाले लिएको छ। सबैभन्दा सानो बजेट प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराले ल्याएको छ। यहाँ स्थानीय तहहरूले अधिकांश पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएका छन्।

परशुरामले ल्यायो ७८ करोडको बजेट

परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ७८ करोड ४८ लाख ३४ हजारको बजेट ल्याएको छ। शुक्रबार नगरसभाको ११ अधिवेशनमा नगर उप–प्रमुख विमलाकुमारी बोहराले बजेट प्रस्तुत गरेकी हुन्। जसअन्तर्गत आर्थिक विकासतर्फ ५ करोड १७ लाख २६ हजार, सामाजिक विकासतर्फ ३६ करोड ८० लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ८ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ।

 

यस्तै, वातावरण र विपद् व्यवस्थापनतर्फ ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २४ करोड ४५ लाख ४० हजार र वडा तथा नगरस्तरीय २ करोड ८७ लाख ९६ हजार ४ सय ३० रूयैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक श्रोततर्फ ८९ लाख, निशर्त अनुदान तर्फ २३ करोड ६२ लाख र शसर्त अनुदानतर्फ ३६ करोड ९६ लाख आम्दानी गरेको छ भने जेठ मसान्तसम्म ३४ करोड ९९ लाख खर्च गरेको छ। आगामी आर्थिक वर्षमा नगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणतर्फ ४६ करोड ६ लाख र प्रदेशबाट १ करोड ४० लाख २२ हजार अनुदान पाएको छ।

अमरगढीको बजेट ६३ करोड

डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ। नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमममार्फत् सो बजेट पेस गरिएको हो । नगरपालिकाको नीति तथा कार्यक्रम वडा नं। १० का अध्यक्ष खेमराज भट्टले प्रस्तुत गरेका हुन्।

अमरगढीले कूल बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासका क्षेत्रमा छुट्याएको छ । उसले पूर्वाधार विकासमा २३ करोड १० लाख बजेट विनियोजन गरेको छ। अमरगढीले सामाजिक विकासमा २१ करोड ५० लाख ९६ हजार, संस्थागत सुशासन विकास र प्रशासनिक खर्चमा १५ करोड ४६ लाख, आर्थिक विकासमा २ करोड ६० लाख र वन वातावरण क्षेत्रमा १ करोड २५ लाख विनियोजन गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा शसर्त अनुदानबाहेकको बजेटबाट उपभोग तथा चालु प्रकृतिका कार्यक्रमहरूलगायतका खर्च व्यवस्थापनको लागि कूल १३ करोड १ लाख ५० हजार चालुतर्फ, पूँजीवृद्धि तथा विभिन्न विकास निर्माणका लागि कूल १२ करोड ७६ लाख ४६ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ।

कोरोना महामारी लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधनस्रोत, अवसर र क्षमताको उच्चतम् परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने र नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत् नगरको लोककल्याणकारी भूमिका बढाउने बजेटको उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।

विकासको शीघ्र प्रतिफल प्राप्त हुने आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजनाहरूलाई कार्यान्वयन गर्ने, गुणस्तरीय र जीवनयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत खानेपानीलगायतका सामाजिक आर्थिक तथा भौतिक पूर्वाधारको विकास निर्माणलाई नगरपालिले प्राथमिकता दिने भएको छ।

यसैगरी नगरपालिकाले विपन्न नागरिकहरूलाई रोजगारी प्रदान गर्न प्रधामन्त्री रोजगार कार्यालयसँग साझेदारी गरी कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ। अमरगढीले खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बालीको पकेट विकास कार्याक्रम संचालन गर्न प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँग साझेदारी गरी कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ।

यस्तै, नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गरी पठनपाठनलाई थप गुणस्तरीय बनाउन विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण सुधारको व्यवस्थान गर्न बजेट विनियोजन गरेको छ। अमरगढी पर्यटन पूर्वाधार आयोजनालाई निरन्तरताका लागि पनि बजेट विनियोजना गरिएको छ।

अजयमेरुले ल्यायो ४७ करोड ५८ लाखको बजेट

 

अजयमेरु गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको छ। शुक्रबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ११औँ गाउँसभामा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए।

आलिताल गाउँपालिकाको बजेट ४६ करोड

आलिताल गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको छ। शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सो बजेट गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले प्रस्तुत गरेकी हुन्।

गाउँपालिकाले स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ। गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

गाउँपालिकाले ८ वटै वडालाई चालू ९प्रशासनिक खर्च० समान ६–६ लाख दिएको छ। गाउँपालिकाले योजना तथा कार्यक्रमका लागि भने पूँजीगत बजेटमा तलमाथि गरेको छ।

गाउँपालिकाले वडा नं। १ लाई पूँजीगततर्फ ४६ लाख ९० हजार, वडा नं २ लाई ४७ लाख ३० हजार, वडा नं ३ लाई ४७ लाख ५० हजार, वडा नं। ४ मा लाई पूँजीगततर्फ ४५ लाख ८४ हजार विनियोजन गरेको छ।

यस्तै, गाउँपालिकाले वडा नं ५ लाई पूँजीगततर्फ ४५ लाख ५० हजार, वडा न ६ लाई ४६ लाख ५० हजार, वडा नं ७ लाई ४६ लाख ७० हजार र वडा नं ८ लाई पूँजीगततर्फ ४७ लाख ५० हजार दिएको छ।

नवदुर्गाको बजेट ४३ करोड ४६ लाख

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले ४३ करोड ४६ लाख ६ हजारको बजेट ल्याएको छ। शुक्रबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले आगामी आर्थिक वर्ष २०७९र८० का लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन्।

पालिकाले चालुतर्फ ३१ करोड ५२ लाख ४७ हजार ५ सय र पूजीगततर्फ ११ करोड ९३ लाख ५९ हजारको बजेट प्रस्तुत गरेको छ। पालिकाले दोस्रो गाउँसभाको पहिलो बैठकमार्फत् उक्त बजेट प्रस्तुत गरेको हो।

शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रस्तुत गरेका थिए। अध्यक्ष अवस्थीका अनुसार गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो।

भागेश्वरको बजेट ४१ करोड

भागेश्वर गाउँपालिकाले ४१ करोड २८ लाख २२ हजारको बजेट ल्याएको छ। शुक्रबार गाउँसभामा गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सो बजेट प्रस्तुत गरेकी हुन्।

चालुतर्फ ८ करोड ३९ लाख २० हजार र पूँजीगततर्फ ३२ करोड ८९ लाख२२ हजार बजेट प्रस्तुत गरिएको छ। भागेश्वर गाउँपालिकाले पनि स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ।

गन्यापधुराको बजेट ३८ करोड ३ लाख २८ हजार

गन्यापधुरा गाउँपालिकाले बजेट वृद्धि गरेर ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गन्यापधुराले ३ करोडभन्दा बढी बजेट वृद्धि गरेर ल्याएको हो।

गन्यापधुराले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि पालिकाको १४औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत् सो बजेट पेस गरिएको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी हुन्। उनले गाउँपालिकाको ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेकी छन्। जसमा चालुतर्फ २६ करोड ४५ लाख २९ हजार र पूँजीगततर्फ ११ करोड ५५ लाख ९८ हजार विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा गन्यापधुराको कूल बजेट ३४ करोड ५१ लाख २७ हजार रहेको थियो। जसमा चालुतर्फ २४ करोड ९४ लाख ३८ हजार र पूँजीगततर्फ ९ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएको थियो। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0