गोदावरी नगरपालिकाको आठौं नगर सभा सामाजिक विकास मन्त्री गोबिन्द बोहराद्धारा उदघाटन


अत्तरिया गोदावरी नगरपालिकाको आठौं नगर सभा प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराद्धारा उद्घघाटन भएको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा नगरसभाको खुल्ला सत्र शुरु भएको हो ।

नगर सभाको सभापतित्व नगर प्रमुख बिरेन्द्र भट्टले गरेका छन् । कार्यक्रमको संचालन वडा नम्बर १ का वडा अध्यक्ष एवं नगरप्रवक्ता गोपाल दत्त भट्टले गरेका छन् । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काले राखेका छन ।

कार्यक्रम कार्यपालिकाका सदस्य , विभिन्न राजनैतिकदलका प्रतिनिधी तथा विभिन्न संघ संस्था का प्रतिनिधिहरु को सहभागीता रहेको छ । नगर सभाले आगामी आर्थिक बर्ष २०७९/०८०को नीति तथा कार्यक्रम ल्याउने छ भने बन्द सत्रले बजेट पारित गर्नेछ । बन्द सत्र पनि सम्भवतः आज नै शुरु हुने नगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0