सुदूरपश्चिम प्रदेश सरकारले गर्यो ०७९/०८० को वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशका योजना छनौट


अत्तरियाः सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको छ।
लमही नगरपालिका दाङको वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ।

यस्तै राजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0