अत्तरिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो।

पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ।

यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।

हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0