गुँरास लाईफ अत्तरियाद्धारा दुई किस्ता मात्रै जम्मा गरेका बिमीतलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

0
126

हेमन्त अवस्थी /अत्तरिया, कैलाली : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले मृत्यु दाबी बाफतको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कैलालीको चुरे गाउँपालिका २ की पविसरा देवी मगरका श्रीमान् केशर सिहँ सलामी मगरलाई एक लाख दुई हजार दुई सय छयासट्ठी रुपैयाँ बिमादाबी भुक्तानी गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाका प्रमुख गजेन्द्र भण्डारी र अभिकर्ता संयोजक बिन्दा कुमारी सिजापतिले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । गत माघमा विमित पविसराको क्यान्सरका कारण निधन भएको थियो । पविसराले एक लाखको सावधिक जीवन बिमा योजना गरेकी थिइन् ।

मृतक पविसराका श्रीमान् केशर सिहँ सलामीले जीवन सुरक्षा र बचतका लागि भनी खुशी भएर उक्त रकमको आधा रकम दश बर्षको लागि गुराँस जीवन रक्षक एकल भुक्तानी बिमा योजना गरेका छन् ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बिमा पोलिसी जारी गरी नेपालमा जीवन बिमा व्यवसाय सुरु गरेको थियो। कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधिमा १० अर्बभन्दा बढीको जीवन बिमा कोष बनाउन सफल भइसकेको छ। १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको यस गुराँस लाइफ इन्स्योरेन्स कम्पनी अत्तरिया शाखा प्रमुख गजेन्द्र भण्डारीले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here