प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्ष मा जोशी चयन संगै कार्यसमितिले पायो पूर्णता


अत्तरिया : कैलाली को अत्तरिया मा रहेको प्रतिभा सामुदायिक पुस्तकालय को नयाँ नेतृत्व चयन गरिएको छ। नेतृत्व सहमति बाट नै चयन भएको छ ।शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्ष मा पुनस्पुष्पराज जोशी चयन भएसंगै कार्यसमितिले पूर्णता पाएको छ।

समिति को उपाध्यक्ष मा यज्ञराज हमाल चयन भएका छन् । भने त्यस्तै सचिबमा राजबहादुर कडायत, सह( सचिब मा भुपेश जोशी र कोषाध्यक्ष मा धर्म सिँ कुँवर चयन भएका छन् । समितिका सदस्यहरुमा तपराज ओझा, बिश्वनाथ ओझा,डम्मर सिँ कडायत र हेमन्त जोशी चयन भएका छन् । थप २ सदस्य समितिले मनोनित गर्ने ब्यबस्था रहेको छ ।

समितिमा महिला को भने प्रतिनिधित्व भएको छैन । समिति को कुनै पनि पदमा महिला ले उम्मेदवारी नदिएकाले प्रतिनिधित्व नभएको हो । समितिको कार्यकाल ४ बर्ष रहेको छ ।

उक्त पुस्तकालय २०५७ मा स्थापना भएको हो । संस्थाको आफ्नै भबन रहेको छ । हाल संस्थामा ४३५ जना आजिबन सदस्य रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0