प्रतिभा सामुदायिक पुस्तकालयको कार्यसमितिको अध्यक्ष र उपसचिवमा जोशी तथा कोषाध्यक्षमा कुंबर निर्बिरोध चयन


अत्तरिया  : कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति गठनको लागी ३ जना निर्बिरोध चयन भएका छन ।

आगामी ४ बर्षे कार्यकालका लागि उनिहरु निर्बिरोध चयन भएका हुन । निर्बिरोध चयन हुनेहरुमा अध्यक्षमा पुष्पराज जोशी, सह(सचिवमा भुपेश जोशी र कोषाध्यक्षमा धर्मसिंह कुंवर रहेका छन ।

निर्वाचन अधिकृत हर्कबहादुर साउँदका अनुसारका उक्त पदका उमेदवारीहरु माथि दावी, विरोध, फिर्ता नभएकाले निर्वाचित भएको जनाइएको छ । अन्य पदहरुको बारेमा छलफल जारी रहेको छ । सहमती नभए चुनाव हुने बुझिएको छ । संस्थाका ४३५ जना आजीवन सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0