गोदावरी नगरको विकाशका लागी सबैको सहकार्य आवश्यक छ : नगरप्रमुख भट्ट

0
74

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले यस गोदावरी नगरको विकाशका लागी सबैको सहकार्य र ऐक्यवद्धता आवश्यक रहेको बताएका छन ।

शनिबार आज गोदावरी नगरपालिका वडा नं १० को वडाभेलालाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले राजनितिक प्रतिशोध नलिई सबैले मिलेर गए मात्रै समृद्ध नगर निर्माण गर्न सम्भव हुने बताए ।
‘हामी चुनावको समयमा विभिन्न पार्टीबाट उम्मेदवार बन्यौ, चुनाव लड्यौ । तर अहिले जितेर आएका जनप्रतिनिधिहरु पार्टीगत नभई जनताका हुन’ उनले भने ‘त्यसैले नगरको विकाशका लागी पार्टीगत रुपमा नभई सबैले मिलेर जान जरुरी छ ।’
उनले जनताले जुन आशा र भरोशाका साथ जिताएर पठाएका छन, त्यो आशा र भरोशालाई निराशामा परिणत हुन नदिनु जनप्रतिनिधिको कर्तव्य भएको बताए ।

‘जनप्रतिनिधिहरुले काम गर्दै जाँदा कहिले काही सबैको चित्त नबुझ्न सक्छ, त्यस्तो अवस्थामा सबैले सल्लाह सुझाव दिएर अगाडी बढे अवश्य नै विकाश सम्भव छ’ उनले भने ‘तर यहाँ काम गर्ने बेला त्रुटि हुँदा खोईरो खन्ने काम मात्रै हुन्छ ।’

मेयर भट्टले समाज रुपान्तरणका लागी राजनितिक रुपमा सबैको सोच सकारात्मक हुन आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here