मन्त्री आले फेरि विवादित : नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज


काठमाण्डौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि एकपटक विवादमा आएका छन् । मन्त्री आलेले अश्लील गालीगलौज गरेको अडियो बाहिरिएको छ। अडियोमा आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई एकपटक फोनमा र अर्कोपटक कार्यकक्षमै अश्लील गाली गरेको र हातपातसमेत गर्न खोजेका छन्।
मन्त्री आलेले केही व्यक्तिलाई नेपाल एयरलाइन्समा जागिर लगाउन सिफारिस गरेको र नमानेपछि आक्रोशित भएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बताइएको छ। यसअघि पनि भारतमा बस्ने एक नेपाली युवकमाथि गालीगलौज गरेको अडियो सार्वजनिक हुदाँ आले विवादित बनेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादीबाट संघीय सरकारमा सहभागी भएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0