धनगढी । कैलाली उद्योग वाणिज्य संघ नयाँ नेतृत्वका लागी भएको मतदानको मतगणना जारी रहेको छ ।
यो समाचार तयार पार्दा सम्म निवर्तमान अध्यक्ष पुष्पराज कुँवर प्यानल सहित लिड गरिरहेका छन् ।
५ सयको मत गणना हुदाँ कुवँरले ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठी १ सय ६१ मतका साथ निकै पछाडी देखिएका छन् । कैलाली उद्योग बाणिज्य संघको प्रांगणमा भैरहेको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले २७४ मत प्राप्त गरेका छन् भने संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा हुन्। दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका हुन्।
१६ सय १२ मतदाता रहेको संघमा १ हजार ९५ मत खसेको थियो । त्यस्तै, संघको उपाध्यक्ष ९वाणिज्य० मा केशवराज जोशी निर्विरोध भइसकेका छन्।
सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्।
निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष (वाणिज्य)मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसँगै जोशी निर्विरोध भएका हुन्। पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका केसीले उम्मेदवारी फिर्ता लिएका थिए। सोही प्यानलबाट सदस्यका उम्मेदवार विवेक शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।